Logo
२० कार्तिक २०८१, मंगलबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त : प्रचण्ड

भरतपुर : पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको बताएका छन् । ‘अघि कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री भन्नुभयो। तर, म गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा छु’ प्रचण्डले भने, ‘तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुस् । हामी फुट्दा फुट्दा देशको दुर्गति भयो, अब देश बनाउने बेला आएको छ । हामी कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुस्। बरु तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशको हित हुन्छ, विकास र समृद्धिको चाहना पूरा हुन्छ।’

‘२४० वर्षसम्म शक्तिको स्रोत राजा महाराजालाई भनियो, जनतालाई त्यही सिकाइयो । उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए’ भरतपुर महानगरपालिकाको पहिलो नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले हामी त्यो जमानामा छैनौं, गणतन्त्रको युगमा छौं, हामी कसैको अधिनस्थ छैनौं, सार्वभौम अधिकार जनतामा सुरक्षित छ। हामी बामपन्थीहरुको स्वतन्त्र विदेश नीति छ, त्यसैका आधारमा बामपन्थी सरकार अघि बढ्छ। हामी भारतपरस्त पनि होइनौं, चीनपरस्त पनि होइनौं, नेपाल परस्त मात्र हौं ।’

 

नगरसभामा मेयर रेनु दाहालले आर्थिक वर्ष २०७४र०७५ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तावित नीति, कार्यक्रममाथि शनिबारदेखि छलफल गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्