एमाले अध्यक्ष केपी ओली बैंकक जाँदै
काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले वैदेशिक यात्रा तय गरेका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका हुन ।
मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।
तर, चुनावका कारण जान नसकेका अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ ।
चुनावको बेला सर्वाधिक व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए । केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् ।
ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । ओली बैंकक गएपनि वाम एकताको प्रक्रिया भने नरोकीने एमालेले स्पष्ट पारेको छ ।