Logo
२० मंसिर २०८१, बिहीबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यधिक चिसोका कारण जनजीवन कष्टकर, विदालय बन्द

काठमाडौं : सप्तरी जिल्लामा विगत एक हप्तादेखि जाडो र चिसो बढेको कारण त्यहाँका स्थानियको जनजीवनमा प्रभावित बनेको छन । सप्तरी राजविराजलगायत तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएकोले बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीमा विगत चार दिनदेखि अत्यधिक चिसो बढेका कारण जनजीवन कष्टकर भएपछि र कतिपय विद्यालयमा विद्यार्थीहरु आउनेक्रम घटेपछि बाध्य भएर सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरेका छन । जिल्ला शिक्षा कार्यालयका अनुसार निरन्तरको शीतलहरले अत्यधिक चिसो बढेपछि बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय बन्द गर्नुपरेको हो ।

ती विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले बताए । सप्तरी जिल्लामा ४१२ वटा सामुदायिक विद्यालय रहेकाले सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिएका र निजी विद्यालय भने सञ्चालन नै भईरहेका छन ।

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्