Logo
२० कार्तिक २०८१, मंगलबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली हानेर काठ ब्यवसायी वसन्त पौडेलको हत्या

रुपेन्देही : देवदह नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए ।

 

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्