Logo
१३ मंसिर २०८१, बिहीबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फा अध्यक्षमा प्रशिक्षक कृष्ण थापाको उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव १४ चैतमा हुँदै छ । एन्फा चुनावको ताप बढ्दो क्रममा छ । सबैभन्दा आकर्षक मानिएको अध्यक्ष पदमा पूर्वराष्ट्रिय खेलाडी र फुटबल प्रशिक्षक कृष्ण थापाले उम्मेदवारी दिएका छन् । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । फुटबलमा हाल देखिएको विकृति–विसंगति अन्त्यसँगै त्यसलाई निर्मूल पार्ने उदेश्यका साथ आफूले उम्मेदवारी प्रस्तुत गरेको थापाले जनाए । ‘फुटबलको विकास र विस्तार गर्दै फुटबल र एन्फामा भएका विकृति–विसंगति अन्त्यका लागि मेरो उम्मेदवारी हो,’ उनले भने ।

थापाले नेपाली फुटबलका हस्तीहरूले अध्यक्ष उठ्नका लागि प्रेरित गरेको बताएका छन् । पोखरामा पत्रकार सम्मेलन गरेका थापाले आफूलाई राकेश श्रेष्ठ, बालगोपाल महर्जन, उपेन्द्रमान सिंह र हरि खड्कालगायतले प्रेरित गरेको बताए । गत वर्ष एन्फाको उपाध्यक्ष र अध्यक्षको निर्वाचन हुँदा सिंह उपाध्यक्षमा भिडेका थिए । राकेश, र हरि नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हुन् । आफूलाई प्रशिक्षकहरूले पनि सहयोग गर्ने उनले बताए । हाल कार्यसमितिमा रहेका सात सदस्यले समर्थन गरेको थापाको भनाइ छ । एन्फाको विधानमा अध्यक्षका लागि जिल्ला प्रतिनिधि भएर आउन नपर्ने भएकाले सीधै अध्यक्षका लागि उम्मेदवारी दिन लागेको उनले बताए ।

कुनै समय पूर्वअध्यक्ष गणेश थापाकै प्रस्तावमा थापाले राष्ट्रिय टोली सम्हालेका थिए । तर, राष्ट्रिय टोलीमा तत्कालीन अध्यक्षकै हालीमुहाली हुने, मैदान र बाहिर सोचेजस्तो नहुने भएपछि थापा निराश बने । कुनै समय तत्कालीन अध्यक्ष थापाकै नजिक रहेका कृष्ण थापाले पत्रकार सम्मेलनमा थापाको तिखो आलोचान गरे भन्दै नयाँपत्रिकामा खबर छ ।  उनले थापालाई पर्दाभित्रका खलनायकको संज्ञा दिएका छन् । ‘१३ महिनाअघि एन्फामा निर्वाचनमार्फत नयाँ नेतृत्व आए पनि पर्दाभित्रबाट एउटा खलनायकले एन्फा चलाउँदै आएको छ,’ एएफसी र फिफाले प्रतिबन्ध लगाएका थापामाथि आरोप लगाउँदै उनले भने, ‘वास्तवमा गणेश थापा पर्दाभित्रका खलनायक हुन् ।’

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्