जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने वकिल पक्राउ
काठमाडौं : आफू श्रम मन्त्रालयको कर्मचारी भएको र नेपाल विद्युत प्राधिकरणको सिनियर मिटर रिडर पदमा जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बालन गाउँपालिका घर भइ हाल कोटेश्वर बस्दै आएका ३७ वर्षीय कानुन व्यवसायी जयप्रकाश दास र सिरहाको भगवानपुर गाउँपालिका घर भइ हाल बानेश्वरको शान्तिपनगरमा बस्दै आएका ४३ वर्षीय अशोककुमार मुखिया छन् ।
विद्युत् प्राधिकरणले सिनियर मिटर रिडर पदमा आवेदन माग गरेको र उक्त पदमा जागिर लगाइदिने भन्दै उनीहरुले आवेदकसँग १० लाख रुपैयाँ ठगी गरेका छन् ।
बैंक खातामा रकम जम्मा भएपछि दुवै जना सम्पर्कबिहीन भएका थिए । अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई ठगीजन्य कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दा अन्तरगत अनुसन्धान अघि बढाएको छ ।