Logo
११ मंसिर २०८१, मंगलबार
(January 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च अदालतका लागि चार मुख्य न्यायाधीश नियुक्त

काठमाडौं : न्याय परिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको हो ।

बिहीबार नै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्चको रजिष्टारमा महेन्द्र उपाध्याय र आयोगको सचिवमा चिरञ्जीवी खनाललाई बढुवा गर्न सिफारिस समेत गरेको छ ।

 

यस्तै उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको छ ।

यता, न्यायापरिषदको यस निर्णयमा सर्बोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।

प्रकाशित मिति: Jan 4, 2018

प्रतिक्रिया दिनुहोस्