Logo
२० कार्तिक २०८१, मंगलबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको राजधानी तोकिएको छैन : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

काठमाडौं : सरकारले प्रदेशको राजधानी नतोकिएको जनाएको छ । यसअघि प्रदेशमुकामबारे गरिएको सिफारिसलाई अधार मान्दै मंगलबार बिभिन्न संचारमाध्यमले सरकारले प्रदेशको राजधानी तोकिसकेको भनेर समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । त्यस्को खण्डन गर्दै सरकारले समाचारहरुमा भनिए जस्तो कहिकतै प्रदेश राजधानी न तोकिएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको भन्दै संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका प्रवक्ता हरिप्रसाद पन्थीले त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गर्दे बिज्ञप्ती जारी गरेका हुन् ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्