Logo
१० मंसिर २०८१, सोमबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब के हुन्छ सिलवालको सांसद पद ?

 काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ । प्रहरीका अनुसार आईजीपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआइजी जयबहादुर चन्दले सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए।

प्रहरी स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मी र आइजिपी प्रकाश अर्यालले सिलवालविरुद्ध पक्राउ पुर्जी काट्न प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सिंहदरबारमै बेलाएर निर्देशन दिएका थिए ।

के हुन्छ सांसद पद ?

कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन । यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ । अधिवक्ता डा‍. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए । ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ । नयाँ पत्रिकाका अनुसार, यही आधारमा सिलवालको सांसद पद जाँदैन । अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने । अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्