Logo
११ मंसिर २०८१, मंगलबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोहोरो भूमिकामा ऐश्वर्या रायको ‘रात और दिन’ आउदै

मुम्बई ।  पूर्व विश्व सुन्दरी एंव बलिउड नायिका ऐश्वर्या राय बच्चन अब दर्शकमाझ दोहोरो भूमिकामा चाँडै देखिँदैछिन्।

बलिउड नायिका बच्चनले फिल्ममा दोहोरो भूमिकामा अभिनय गरेको सायदै कुनै फिल्म छैनन्  । भारतीय सञ्चारमाध्यमका अनुसार सत्येन बोसले निर्देशन गर्ने क्लासिक फिल्म ‘रात और दिन’को रिमेकको चर्चा बलिउडमा निकै छ । यो फिल्ममा ऐश्वर्या शीर्ष भूमिकामा देखिँदैछिन् । उनले नरगिस दत्तको भूमिकामा अभिनय गर्नेछिन् । यो फिल्मको ओरिजिनल भर्सनमा नरगिसले वरुणा र पेगीको दोहोरो भूमिका निर्वाह गरेकी थिइन् । यही भूमिका अहिले ऐश्वर्याको भागमा परेको छ।

फिल्मका निर्माता प्रेरणा अरोडाले क्लासिकको रिमेकिङमा आफ्नो गहिरो रुची राखेकी छन् ।  ‘पहिलेदेखि नै लोकप्रिय अभिनेता सन्जय दत्तकी आमासमेत रहेकी नरगिससँग रिमेकको बारेमा कुराकानी भइरहेको छ । अभिनेता सञ्जयले पनि यसमा अनुमति दिइसकेका छन् ।’ उनले भनेकी छन्।

प्रेरणाले ऐश्वर्याले फिल्मको विषयमा खुशी व्यक्त गरेको बताइन् । ‘हामी फिल्म ‘फैन खान’ निर्माण गर्नका लागि पहिलादेखि नै खुशी थियौं । यो फिल्ममा ऐश्वर्याको पनि आबद्धता भएपछि उनी पनि खुशी भएकी छन्,’उनले भनेकी छन, ‘दुवै फिल्म ऐश्वर्याका साथ गर्न पाउँदा हामी झन खुशी छौं । ऐश्वर्या पनि रात और दिन जस्तो फिल्ममा हिस्सा बन्न चाहन्थिइन् । त्यसै अनुरुप उनले पनि यो भूमिका मनपराएकी छन्।

फिल्ममा सिद्धार्थ आनन्दको पनि लगानी हुनेछ । फिल्मको सुटिङ आगामी वर्षको मध्य महिनाबाट सुरु हुनेछ । फिल्मका लागि अभिनेताको नाम फाइनल गरिएको छैन । चाँडै नै फिल्मको नाम र अन्य विषयमा पनि निर्णय लिइने बताइएको छ ।
फिल्मको पहिलो भर्सनमा नरगिसले मल्टी पर्सनालिटी डिसअर्डरबाट पीडित महिलाको भूमिकामा अभिनय गरेकी थिइन्।

फिल्ममा उनी बिहानको समयमा एक कर्तव्यनिष्ठ पत्नी वरुणा भए पनि  बेलुकाको समयमा उनको व्यक्तित्व फेरिन्थ्यो । बेलुकाको समयमा चाहिँ उनी कलकत्ताको सडकमा आवाराका रुपमा घुम्थिइन् । फिल्ममा नरगिसका पतिको भूमिका प्रदीप कुमारले निर्वाह गरेका थिए । जसले श्रीमतिको दोहोरो चरित्रको रहस्य पत्ता लगाउँछन्।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्