अमेरिकाले आतंकवादीहरुका अखडा पाकिस्तानलाई सहयोग दिनु मुर्खता : ट्रम्प
अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पले पाकिस्तानलाई अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब अमेरिकी डलर सहयोग दिए पनि उसले आतंकवादीहरुलाई आश्रय दिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले सोमबार एक ट्विट गर्दै अमेरिकाले पाकिस्तानलाई सहयोग दिनु मुर्खतापूर्ण भएको उल्लेख गर्दै बदलामा पाकिस्तानले अमेरिकालाई झुट, छलीमात्र दिएको र अमेरिकी नेताहरुलाई मुर्खको जस्तो व्यवहार गरेको बताएका छन्।
‘हामीले अफगानिस्तानमा खोजेका आतंकवादीहरुलाई पाकिस्तानले सुरक्षित स्वर्ग दिएको छ,’ ट्रम्पको ट्विटमा उल्लेख छ । उनले अब पाकिस्तानलाई कुनै प्रकारको सहयोग नदिने चेतावनी पनि आफ्नो ट्विटमार्फत गरेका छन् ।