Logo
९ मंसिर २०८१, आईतबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : आजदेखि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक(एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको निगम प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९(७९ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।

नयाँ मूल्य गएराती अर्थात सोमबार मध्यरातिदेखि लागू भएको छ । मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता गोइतले जानकारी दिए ।

अहिले निगमलाई पेट्रोलमा भने लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर, ग्यसमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ । डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ ।

तराईमा तेलका हकमा यो मल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ । सरकारले केही दिन अघि मात्रै मुल्य बढाएको थियो । त्यसको चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्