मधेश केन्द्रित फिल्म भएकै कारण प्रदर्शनमा रोक लगाएको भन्दै सेन्सर बोर्डविरुद्ध आन्दोलन
काठमाडौं : संचार मन्त्रालय अन्तरगतको सेन्सर बोर्ड विरुद्ध आन्दोलन सुरु भएको छ । कुनै चलचित्र प्रदर्सन हुनुपर्छ भन्दै नेपालमा यो पहिलो आन्दोलन हो । मधेस र मधेसी आन्दोलन पृष्ठभुमिम बनेको भनिएको “मधेशी पुत्र २” को प्रदर्शनमा नियोजित रुपमा रोक लगाएको भन्दै बोर्डविरुद्ध आन्दोलन सुरु भएको हो ।
राजबिराज, इनरुवा, मिर्चैया, ढल्केवर लगायतका स्थानमा सेन्सर बोर्ड विरुद्ध आइतबार प्रदर्शन भएको हो । कलाकार एवं उक्त चलचित्रका निर्मता निराजन मेहताका अनुसार बोर्डले गलत मनसायका साथ पत्र काटेपछि स्वस्फूर्त रूपमा आन्दोलन सुरु भएको हो ।
उता, मधेश आन्दोलनको पृष्ठभुमीमा बनेको भनिएको ‘मधेसी पुत्र २’ नामक चलचित्रलाई सेन्सर बोर्डले प्रर्दशनमा रोक लगाउदै पुनः सेन्सर गर्नुपर्ने जनाएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले निर्माण कम्पनी अनुराग फिल्मस् प्रालीलाई पत्र लेख्दै चलचित्र पुनः सेन्सर गर्नुपर्ने जनाएको हो । मेहताको निर्देशन गरेको उक्त चलचित्र मधेशी पुत्र को दोस्रो पार्ट हो ।
केन्द्रीय चलचित्र जाँच समितीले बुधबार जारी गरेको पत्रमा भनिएको छ ‘केन्द्रीय चलचित्र जाँच समितीबाट मिति २०७४/०९/०५ मा ‘मधेसी पुत्र २’ को जाँच गरी हेर्दा चलचित्रमा सिनहरु हटाउन भनेको छ ।
समितिले चलचित्रमा प्रयोग भएका अपाङ्गग सरकार, छक्का, घन्टा जस्ता शब्दहरु मिउट गर्ने, टाउँकोमा गोली लागेको दृश्यहरु ब्रोलर गर्ने र सिके राउत भन्ने पात्रको भुमिका र प्रसंग पूर्णरुपमा हटाएर केन्द्रीय जाँच समितिमा पुनः पठाउने निणर्य गरेको छ ।’
राजविराज, मिर्चैया, जनकपुर, वीरगन्ज, भैरहवा र मुस्ताङमा छायांकन गरिएको चलचित्र निशा घिमिरे, निशा अधिकारी, नीराजन मेहता, अनिलकुमार साह, इन्द्रनारायण साह (साहिल), पशुपति दास, सचेन्द्र सरदार लगायतको अभिनय रहेको छ ।
चलचित्रमा एनबी महर्जनको द्वन्द्व, रवि कोइरालाको छायांकन छ । निर्देशक नीराजनको लेखन समेत रहेको चलचित्र मधेसको राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाक्रम समेटेर निर्माण भएको हो ।