दासढुंगा घटनामा गिरिजा र नेपाली कांग्रेसको कुनै हात छैन : पौडेल
काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दासढुंगामा गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसको कुनै हात नभएको बताएका छन्।
एमालेका वरिष्ठ नेता बामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेताले पौडेलले भने, ‘ दासढुंगा घटनामा गिरिजा र नेपाली कांग्रेसको कुनै हात छैन। यो म ठोकुवा गरेर भन्छु।’
नेता पौडेलले यो पुस्तकमा गिरिजालाई कताबाट खोजिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए। उनले भने, ‘ यो पुस्तकमा कता-कता गिरिजा र कांग्रेसलाई दासढुंगाको प्रसंग जोड्न खोज्या हो जस्तो लागेको छ।’