Logo
२० कार्तिक २०८१, मंगलबार
(December 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुरुङ समुदायमा तमु ल्होसारको रौनक : प्रधानमन्त्री पनि सहभागी

काठमाडौं : आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदैछन् । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । गुरुङहरुको नयाँ वर्ष आजबाट सुरु हुन्छ । यही नयाँ वर्षलाई स्वागत गर्न गुरुङ समुदायले हरेक वर्षको पुस १५ मा तमु ल्होसार पर्व मनाउँदै आएका छन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिए । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । ‘तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ’, उनले भने ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङ बताउँछन् । यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।

प्रकाशित मिति: Dec 30, 2017

प्रतिक्रिया दिनुहोस्