Logo
११ मंसिर २०८१, मंगलबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशमा संकट पर्यो भनेर नेपाली जनताले चिन्ता गर्नुपर्दैन : प्रधानसेनापति

मोरङ : प्रधानसेनापति राजेन्द्र क्षत्रीले युवाहरुलाई सकारातमक बाटोमा डोर्याउन सके देश विकासमा कोसेढुङ्गा सावित हुने बताएका छन् । क्षेत्रीले नेपाली सेनाले देशको स्वाधिनताको रक्षाका लागि कसैसँग पनि सम्झौता नगर्ने पनि बताए । ‘देशमा संकट पर्यो भनेर नेपाली जनताले चिन्ता गर्नुपर्दैन’, प्रधानसेनापती क्षेत्रीले भने, ‘नेपाली सेना आफू मरेर भएपनी देशको स्वाधिनताको रक्षा गरी छाड्ने छ ।’ उनले युवाहरुलाई सकारात्मक बाटोमा लागेर देश निर्माणमा सहयोग पुर्याउन समेत आग्रह गरेका छन् ।

उनले भोलिको देशको अभिभारा बोक्ने आजका युवाहरुलाई सरकारले सकारातमक बाटोमा डोर्याएर देश निर्माणमा लागउनु पर्ने सुझाव दिएका छन् । शुक्रवार मोरङको केरावारी गाँउपालिकास्थित राष्ट्रिय सेवा दल पूर्वी शिक्षालय याङशिलाको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै क्षत्रीले सबै नागरिकहरु अनुशासित, निष्ठावान र जिम्मेवारी भएमात्र देशको रक्षा गर्न सकिने बताएका छन् ।

प्रधानसेनापति क्षत्रीले देशमा संकट परेका वेला सेनाले महत्वपूर्ण योगदान गरेको बताउर्दै युवाहरुलाई राष्ट्रिय सेवा दलको तालीम दिएर देशमा संकट परेको वेला तयारी अबस्थामा राख्नु पर्ने धारण व्यक्त गरेका छन् । उनले राष्ट्रिय सेवा दलको सय दिने तालीम लिएका पाँच सय ३५ जना विद्यार्थिहरुलाई दज्र्यानी चिन्ह समेत प्रदान गरेका थिए ।

सेनाले दिएको तालीमले राष्ट्र निर्माणमा थप सहयोग पुर्याउने विश्वास थापाले व्यक्त गरेका छन् । उनले सरकारले युवाहरुलार्य देश निर्माणका लागि नेतृत्व क्षमता विकासका पशिक्षण दिएर देश निर्माणमा लगाउनु पर्ने समेत बताएका छन् । ‘भोलिको देश हाँक्ने युवाहरु हुन्’, उनले भने, ‘युवाहरुलाई अब कुलतमा होइन, नेतृत्व क्षमता अभिबृद्धि गरी देश निर्माणको काममा लागाउनुपर्छ ।’

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्