Logo
२० कार्तिक २०८१, मंगलबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश जारी भए लगतै निर्वाचन आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

आयोगले राष्ट्रियसभाका भोटरका रुपमा रहेका प्रदेशसभा सदस्यहरुले सपथ नलिई भोल्ट हाल्न नपाउने जानकारी गराएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फको परीणाम आइसकेकोछ भने दलहरु समानुपातिक सदस्य सिफारिस गरेका छन् ।भेटमा देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकोमा बधाइ दिएका छन् ।

प्रमुख आयुक्त डा. यादवले प्रदेशसभा सदस्यलेे शपथ ग्रहण नगरी राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने जानकारी गराएको प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्रीले आयोगसँग परामर्श गरेर केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्