Logo
३ आश्विन २०८१, बिहीबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा सदस्य निर्वाचनका १५ दिनभित्र दल दर्ता गराउन आह्वान

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आज आह्वान गरेको छ । नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमा नै हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको  आयोगका सहप्रवक्ता दिनेशकुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्