Logo
२० कार्तिक २०८१, मंगलबार
(December 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन निषेध

काठमाडौं : विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध गरिएको छ । धार्मिक स्थललाई सोही वातावरणमा रहन दिन पनि मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु परेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो । पशुपतिनाथ मन्दिर विश्वकै हिन्दु धर्मावलम्बिहरुको तीर्थस्थल हो । यसलाई धार्मिक वातावरण कायमै राख्न पनि सवारी साधन प्रदेशमा रोक लगाइएको कोषको भनाई छ ।

एम्बुलेन्स, शवबाहनलाई भने मन्दिर परिसरमा जान रोक लगाइएको छैन । मन्दिरमा जाने तीर्थयात्रीहरुको सवारी साधनलाई मन्दिर परिसर बाहिरै पार्किङको व्यवस्था गरिएको छ । स्थानीयबासीहरुको हकमा भने वडा कार्यालयसँग समन्वय गरेर सवारी साधन पासको व्यवस्था मिलाइएको पनि कोषका सदस्य सचिव ढकालले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको पर्यटकीय स्थल ठमेलमा पनि सवारी साधन प्रवेशमा रोक लगाइएको सकेको छ ।

प्रकाशित मिति: Dec 26, 2017

प्रतिक्रिया दिनुहोस्