Logo
३ आश्विन २०८१, बिहीबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमसँग मिलेर एमालेले सरकार बनाउन लागेको योजना प्रचण्डको कानमा पुगेपछि …

काठमाडौँ : प्रदेश र प्रतिनिधिसभा निार्वचन लगतै संक्रमणकाल समाप्त हुने भनिएता पनि देशको राजनीति अझैपनि पटट्रीमा आइपुगेको छैन् । हालै सम्पन्न निर्वाचनको पुरै परिणाम अझैपनि आइसकेको छैन भने राष्टिय सभा गठन प्रक्रियाले त झन सबै दलहरुबीच एक आपसमा दुरी बढाउदै गएको छ ।

यता चुनाव लगतै नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकिकरण प्रक्रियामा झन जटिल्ता थपिदै गएको छ ।  शनिबार जिल्ला दौडाहामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवलपरासीमा आयोजित पार्टीको प्रशिक्षणमा भने, ‘एमालेले फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरे, तर निर्णाय माओवादी नै भएकाले एमाले अहिले हामीतिरै फर्किएको छ ।’

प्रचण्डको यो खुलासापछि नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । एमालेले माओवादीलाई पटकपटक धोका दिन खोजेको कुरा पनि प्रचण्डको यो भनाईबाट पुष्टि हुन्छ । तर प्रचण्डको कानमा एमालेले फोरमसँग मिलेर सरकार बनाउन लागेको कुरा कसरी पुग्यो ? यस विषयमा हामीले सोधखोज गर्दा एमालेकै शीर्ष नेताबाट प्रचण्डसमक्ष एमालेको उक्त योजना आइपुगेको खुलेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमको विश्वासपात्र मानिने प्रचण्डलाई एमाले नेता माधव नेपालले पहिलोपटक यो कुरा सुनाएका थिए । एमाले अध्यक्ष ओलीले एमाले बैठकमा यो विषयमा राखेपछि त्यही दिन राति प्रचण्डलाई नेपालले खबर गरेका थिए । प्रचण्डले नेपालले दिएको सुचना वामदेवमार्फत पुष्टि गरेका थिए ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्