Logo
३ आश्विन २०८१, बिहीबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको नेतृत्वमा नयाँ सरकार : प्रभु साह

रौतहट : माओवादी नेता तथा बिनाबिभागिय मन्त्री समेत रहेका प्रभु साहले राजनीतिक स्थिरताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् । मन्त्री साहले शान्तिप्रक्रिया र संविधान निर्माणका अनेक विषयलाई सम्बोधन गर्न सरकारको नेतृत्व गर्ने अढाई वर्षको पहिलो पालो प्रचण्ड (दाहाल) लाई दिँदा उपयुक्त हुने बताएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि एमाले र माओवादी केन्द्रबीच अढाई/अढाई वर्ष सरकारको नेतृत्व गर्ने र हरेक पक्षमा माओवादीले चालीस प्रतिशत सिट पाउने भद्र सहमति भएको उनले बताए । पहिलो अढाई वर्ष दाहालले सरकारको नेतृत्व गर्दा मधेसी, आदिबासी, जनजाति, मुस्लिम तथा पिछडिएको वर्गको सहानुभूति प्राप्त हुने र संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि सबैको साथ लिन सकिने साहको बुझाइ छ ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्