Logo
३ आश्विन २०८१, बिहीबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेटिङ्ग संगठन मिलाइए जटिलता हुनसक्छ : प्रचण्ड

चितवन : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया सुरु भइसकेको बताएका छन् । उनले यी दुई पार्टीको पार्टी एकता प्रक्रियाबाट पछि हट्ने कुनै ठाउँ नै नभएको बताए । संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प समेत खोजिसकेको बताए । एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनले बताए ।

चितवन स्थित वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकताबाट फर्किने ठाउँ राखेर अघि नबढेको बताए । ‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ‘ उनले भने ‘त्यसैले पुल नै भत्काइदिउँ भनेर एकतामा एकै चोटी हामफालेक हौंं’।
यद्यपि वाम गठबन्धन र पार्टी एकतामा दरार ल्याउने प्रयास हुनु कुनै अनौठो नभएको उनले बताए ।

उनले भने, ‘सेटिङ्ग, संगठन मिलाउनेमा जटिलता हुन पनि सक्छ । तर, हामीले विभिन्न विकल्प सोचिसकेका छौं र ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।’

‘प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनुलाई अनौठो ठान्नु हुँदैन,’ एकतालाई जनताले अनुमोदन गरिसकेको भन्दै उनले भने, ‘एकताको सहमति पक्षको पल्ला यति भारी छ कि अर्को पक्षले गर्ने कसरत हास्यास्पद लाग्छ ।
कार्यक्रममा बाम एकता आजको आवश्यक्तामा जोड दिइएको थियो ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्