Logo
११ मंसिर २०८१, मंगलबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सरकारले चीन र भारत दुबै देशसँग घनिष्ट सम्वन्ध राख्ने

काठमाडौं : नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ सरकारले चीन र भारत दुबै देशसँग घनिष्ट सम्वन्ध राख्ने बताएका छन् । उनले चिनियाँ मात्र होइन, भारतीय रेल पनि काठमाडौंसम्म आओस् भन्ने चाहेको बताए । केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल ल्याउन कुरा भइरहेको भन्दै सचिव ज्ञवालीले भने, ‘हामी चाहन्छौं, बरौनीबाट होस् वा रक्सौलबाट होस्, हाई स्पीडको भारतीय रेल पशुपतिनाथसम्म आओस् ।’

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर नयाँ सरकारसँँग सहकार्य गर्न इच्छुक रहेको बताएको भन्दै उनले भने, ‘यो भारतको नयाँ नीतिको संकेत हो भन्न्ने हामीले लिएका छौं ।’ शनिबार आयोजित साक्षात्कारमा एमाले सचिव ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारत र चीनसँगको सम्वन्धलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले भने, ‘नेपाल सानो होला तर, सार्वभौम राष्ट्र हो र नेपालले अन्तरिक मामिला आफैं समाधान गर्न सक्छ । यति मानिदिए पुग्छ ।’

 

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्