Logo
१३ मंसिर २०८१, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टी-२० सिरिजमा श्रीलंका विरुद्ध भारतको कब्जा

श्रीलंका विरुद्धको टी-२० सिरिजमा भारतले कब्जा जमाएको छ । इन्दोरमा शुक्रबार राति भएको दोस्रो खेल ८८ रनले जित्दै तीन खेलको सिरिज भारतले २-० ले आफ्नो पक्षमा पारेको हो । २६१ रनको लक्ष्य पछ्याएको श्रीलंका १७.२ ओभरमा सवै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ६० रनको बनाएको थियो । सो क्रममा भारतका कप्तान रोहित शर्माले ३५ बलमा शतक पुरा गरे । उसका कुशल परेराले ७७, उपुर थरंगाले ४७ र निरोशन डिकवालाले २५ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । भारतका युजवेन्द्र चहालले ४ तथा कुलदीप यादवले ३ विकेट लिए ।

त्योसँगै उनले यसअघि दक्षिण अफ्रिकाका डेविड मुलरको नाममा रहेको कम बलमा टी-२० मा शतक प्रहार गर्ने कीर्तिमानको बराबरी गरेका थिए। मुलरले पनि गत अक्टोबरमा बंगलादेश विरूद्ध ३५ बलमा नै शतक प्रहार गरेका थिए ।रोहितले आफ्नो अर्धशतक २३ बलमा ५० रन पुरा गरे ।

भारतका केएल राहुलले ८९ रनको पारी खेले। ४९ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे। पहिलो विकेटको लागि रोहित र राहुलले १६५ रनको साझेदारी गरेका थिए । समग्रमा ४३ बल खेलेका रोहितले ११८ रन बनाएर आउट हुदाँ १२ चौका र १० छक्का प्रहार गरेका थिए ।

 

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्