Logo
१२ पुस २०८१, शुक्रबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागीबारे यादव-ओली फोनवार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ । वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे छलफल चलिरहेको बेला अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्नेमा पनि विवाद रहेको बुझिएको छ ।

फोन वार्तामा समसमायिक वार्ता भएको यादवले बताए । सरकार गठन सहित राष्ट्रियसभा लगायतका बरेमा कुराकानी भएको उनले बताए । ‘ओलीजीले बढी चासो राष्ट्रिय सभाबारे राख्नु भएको थियो ।’ यादवले नागरिक टाइम्ससंग उनले भने ‘खासै कुनै उल्लेखिय कुरा भएन बाकि कुरा काठमाण्डौ आएर हुनेछ ।’

सरकार निर्माण गर्ने तयारीमा जुटेका अध्यक्ष ओलीले यादवलाई काठमाडौं बोलाएर नयाँ सरकारको स्टेकहोल्डर बनाउने तयारी गर्ने स्रोतको दाबी छ । बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको स्रोतको दाबी छ । एमाले अध्यक्ष ओलीले यादवलाई फोन गरेर तुरुन्त काठमाडौं बोलाएका हुन् । यी दुई नेताहरुवीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसै सन्दर्भमा ओलीले माओवादीलाई बाहिर राखेर फोरम नेपालसँग सरकारमा सहकार्य गर्ने तयारी गरेको त होईन भन्ने अहिले प्रश्न उब्जिएको छ । फोन वार्ताको क्रममा अध्यक्ष यादवले आफू काठमाडौं छिट्टै आउने र भेट्ने वचन अध्यक्ष ओलीलाई दिएको स्रोतको दाबी छ ।

प्रदेश २ मा वाम गठबन्धन भन्दा राजपा र संघीय समाजवादी फोरमले सरकार बनाउने सम्भावना बढी छ । प्रदेश नम्बर २ का ६४ सिटमा फोरम र राजपाले २० र १५ सिट जितेका छन् । समानुपातिकमा राजपा दोस्रो भएको छ भने फोरम तेस्रो स्थानमा छ। प्रतिनिधि सभामा राजपा ११ सिट जितेको छ भने फोरम १० सिटमा विजयी भएको छ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्