राप्रपा प्रजातान्त्रिक हारको समीक्षा गर्न उच्चस्तरीय समिति
-
- नागरिक टाइम्स,
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले भर्खरै सम्पन्न निर्वाचनको समीक्षासहितको प्रतिवेदन तयार गर्न उच्चस्तरीय विश्लेषण तथा समीक्षा समिति गठन गरेको छ । उक्त पार्टीले अध्यक्ष पशुपतिशम्शेर जवराको अध्यक्षमा ९ सदस्यीय समिति निर्माण गरेको हो ।
समितिमा बरिष्ठ उपाध्यक्षद्धय दिपक बोहोरा र केशबहादुर बिष्ट, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्धय सुनिल थापा र ध्रुबबहादुर प्रधान रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा नेताहरु नवराज सुवेदी,हरिबहादुर बस्नेत र ठाकुरप्रसाद शर्मा रहेका छन् ।
मंगलबार बसेको सो पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकमा महामन्त्री ध्रुबबहादुर प्रधान र कोषाध्यक्ष निलकण्ठ काफ्लेले क्रमसः निर्वाचन प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।