लापरवाही गरेको भन्दै विमानस्थल परियोजनामा तालाबन्दी
भैरहवा : मुआब्जा वितरणमा ढिलासुस्ती भएको भन्दै सर्वसाधारणले भैरहवाको गौतमबुद्ध विमानस्थलमा निर्माण कार्य अवरुद्ध पारेका छन् । परियोजनाले मुआब्जा वितरणमा पक्षपात गरेको,सर्वसाधरणलाई कागजपत्र अपुगको नाममा झन्झटिलो पार्ने र वितरण प्रत्रिया लम्बाउने षडयन्त्र गरेको भन्दै सो विरोधमा उनीहरु आन्दोलनमा उत्रिएको बताए ।आईतबारबाट निर्माणस्थलमै धर्ना दिएर गेटमा लाताबन्दी गरेपछि विमानस्थल निर्माणका सबै काम अवरुद्ध भएका छन् । आन्दोलन सोमबार पनि चलिरहेको छ ।
नापी र मालपोतको काम छिटो गरिदिने बाहानामा विचौलियाहरुले २ देखि ३ प्रतिशत कमिशन माग्ने गरेको उनीहरुको आरोप छ । अतिग्रहणमा परेका सर्वसाधारणहरुले आफ्ना सबै लालपुर्जा परियोजनालाई सुम्पिसकेकोले बैंकिङ,खरीद विक्रि लगायतका काम गर्न पनि नपाउंदा आफुहरु थप मर्कामा गरेको गुनासो गरे ।
पहुंच र भनसुनको आधारमा क्रमसंख्या मिचेर रकम वितरण गरेको समेत केही सर्वसाधारणले आरोप लगाए । पुस महिनाभित्रै सबै व्यतिmले मुआब्जा पाउनु पर्ने पीडितको माग छ । मुआब्जाप्रति परियोजना गम्भिर नबन्दा जग्गा पीडितहरु मारको परेको उनीहरुले गुनासो गरेका छन् । ग्ँँउं ब्लकको आफ्नो घर सहितको ४ कठ्ठा जग्गा परियोजनालाई सुम्पेका दोगहरीका रविकान्त उपाध्यायले नगरपालिका,नापी,मालपोत लगायतका कार्यालयहरुसंग परियोजनाले सही समन्वय नगरिदिंदा धेरै कष्ठ भोग्नु परेको गुनासो गरे ।
यता परियोजना प्रमुख ओम शर्माले सर्बसाधारणको माग जायज भएको भन्दै यसलाई यथासिघ्र हल गर्ने प्रतिवद्धता जनाए । नापी कार्यालयले सर्वसाधारणका फाईल अड्काईदिएका कारण समस्या भएको उनले बताए । उक्त समस्या समाधानका लागि सर्वेक्षक सहित पांच जनाको टोली फिल्डमै खटाउनका लागि नापी विभिागसंग माग गरिएको उनले बताए ।
नापीमा एथेष्ठ जनशक्ति नहुनु,बाटाघाटा लगत कट्टा नहुंनु,वाटोमा पर्ने क्ष्ेत्रफल र पीडितको जग्गाको क्षत्रफल एकिन नहुनु मुआब्जा वितरणका प्रमुख चुनौति हुन् प्रमुख शर्माले भने । उनका अनुसार सुरुमा नापी कार्यालयको कामलाई १० दिन,मालपोत २ दिन र परियोजनामा चेक काट्ने कामका लागि ३ दिन गरी प्रक्रिया थालिएको १५ दिनभित्र पीडितले मुआब्जा पाउने गरी योजना बनाएको प्रमुख शर्माले सुनाए ।
नापी र मालपोतबाट प्रक्रिया पुरा भएका फाईलको हकमा दुई दिनभित्र भुक्तानी दिईएको उनेले दावी गरे । सर्वसाधारणलाई दुःख दिने परियोजनाको कुनै मनसाय छैन,हामी उहांहरुको मर्का बुझेका छौं, प्रमुख शर्माले भने । केही जटिल प्रकारका प्राविधिक कारणले गर्दा कतिपय सर्वसाधारणको फाईल रोकिएको छ । फिल्डमा बाटो छ,तर नक्शामा लगत कट्टा गरिएको छैन् ।
विभिन्न बाहाना र विवादमा निर्माण कार्यप्रगति गर्न नसकेको विमानस्थल पुनः अवरुद्ध हुंदा थप धकेलिने संकेत देखिएको छ । परियोजनाले गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डको बनाउनका लागि दुई चरणमा गरेर ७ सय ८७ विगाहा जग्गा अधिग्रहण गरेको छ । दोस्रो चरणमा अधिग्रहण गरिएका २ हजार घर परिवार मध्ये हालसम्म जम्मा ४ सयको हाराहारीमा मात्र मुआब्जा प्राप्त गरेका छन् । हालसम्म करीब साढे ३ अर्व बाडिएको उनले बताए ।