Logo
१३ मंसिर २०८१, बिहीबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

IPL शुरू, काठमाडौं किङ्ग्स इलेभेन र ललितपुर प्याट्रियट्स भिड्दै

काठमाडौं : बहुप्रतीक्षित घरेलु प्रतियोगिता टीभीएस एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेट प्रतियोगिता सोमवारबाट शुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ११ बजे उद्घाटन भएको खेलमा काठमाडौं किङ्ग्स इलेभेन र ललितपुर प्याट्रियट्स भिड्दै छन् ।

श्रीलङ्काली खेलाडी फरवेज महारुफको कप्तानीमा मैदान उत्रिन लागेको रोहित गुप्ताको टीम काठमाडौंका लागि सोमपाल कामी मार्की खेलाडी छन् । युवा खेलाडीको बाहुल्य रहेको काठमाडौंमा जितेन्द्र मुखिया, सागर पुन, नरेश बुढाएर, राजु रिजाल, सिद्धान्त लोहनी, सुशील कँडेल, अमित श्रेष्ठ, अमरसिंह राउटेला, विक्रम भुसाल, पुरन विक र नितेश थापा टीममा छन् । काठमाडौंले अर्का श्रीलङ्काली अलराउण्डर अक्षु फर्नाण्डो र भारतका सागर कुमारलाई टीममा सहभागी गराएको छ ।

यस्तै राष्ट्रिय क्रिकेट टीमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरका लागि भारतीय खेलाडी योगेश नागर, अनिलकुमार कोलसावाला र सुबोध भाटीले खेल्दै छन् । किशोर महर्जनको टीम ललितपुरका अन्य खेलाडीमा मेहबुब आलम, सन्दीप लामिछाने, सोनु तामाङ, ललित राजवंशी, कुशल भुर्तेल, शङ्कर राना, राजवीर सिंह, पवन शर्राफ, रशिद खान, सन्दीप जोरा, रित गौतम, प्रतिश जिसी, प्रतिश झा र विपीन आचार्य रहेका छन् ।

पोखरा राइनोजमा ३ पाकिस्तानी खेलाडी

आइतवार पोखरा राइनोजले आफ्नो टीमका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेका घोषणा गरेको छ । पाकिस्तानका खेलाडी इसरार उल्लाह, अली आशिफ र ताजवाली विभिन्न प्रतियोगिता खेलेका अनुभवी भएको पोखरा राइनोजका मालिक शाहिल अग्रवालले बताए । मार्की खेलाडीसमेत रहेका शक्ति गौचनको कप्तानीमा रहेको टीम पोखरा राइनोजमा विनोद भण्डारी, विक्रम सोब, विपीन खत्री, नुरध्वज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनील धमला, सौरभ खनाल, सन्तोष भट्ट, सुशन भारी र देव शाह छन् ।

शङ्कर ग्रूपअन्तर्गतको जगदम्बा मोटर्सका प्रमुख निर्देशक शाहिल अग्रवाल यस टीमका मालिक हुन् । पोखरा राइनोजको पहिलो खेल पुस ४ गते चितवन टाइगर्ससँग हुनेछ ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्