अब सर्वसाधारणले पनि आयल निगममा लगानी गर्न पाउने
काठमाडौं : नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पूँजी बृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो ।
हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ भन्दै कान्तिपुरमा खबर छ । चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याइने निगमले जनाएको छ ।
निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ ।