Logo
१७ कार्तिक २०८१, शनिबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकता र सरकार गठनबारे ओली-दाहालबीच छलफल

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी ओली र माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ । ओली र दाहालले पार्टी एकता प्रक्रियालाई बलियो बनाएर लैजाने समझदारी गरेका छन् । काठमाडौंमा भएको दुई शीर्ष दुई नेताबीचको भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता, राष्ट्रियसभा गठनलगायत विषयमा छलफल भएको जानकारी मा‌ओवादी केन्द्रको अध्यक्ष दाहालको सचिवालयले दिएको छ ।

छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धनको सोचेजस्तै परिणाम आएको निष्कर्ष निकालिएको छ । यही मंसिर १० र २१ को भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएपछि नयाँ सरकार गठनको छलफल सुरु भएको हो । निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम अनुसार एमाले पहिलो, माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा छ ।

प्रतिनिधिसभामा एमालेले ८० सिट जितेको छ भने मा‌‌ओवादी केन्द्रले ३६ र कांग्रेसले २३ सिट जितेका छन् । समानुपातिक मत गणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले र कांग्रेस करिब बराबरी सिट संख्यामा रहने देखिएका छन् । जारी मत गणनाको परिणाम अनुसार संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पनि राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।

@तस्बिर सौजन्य : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सचिवालय ।

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्