Logo
१७ कार्तिक २०८१, शनिबार
(December 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र १ स्थानको परिणाम आउन बाँकी, समानुपातिकमा एमाले अगाडि

मङ्सिर २७, काठमाडौं । प्रदेशसभाको प्रत्यक्षतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । ३ सय ३० निर्वाचन क्षेत्रका लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको निर्वाचन आयोगले बताएको छ । प्रतिनिधिसभातर्फ पनि एक स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ ।

२१ गते निर्वाचन सम्पन्न भएपछि शुरु भएको मतगणनामा बुधवार विहानसम्म प्रतिनिधि सभाका १ सय ६४ र प्रदेश सभाका ३ सय ३० स्थानको मतपरिणाम सार्वजनिक भइसकेको हो । सुनसरी ३ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली काङ्ग्रेसका नेता एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले ३७ हजार ५ सय ७५ र उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी भगवती चौधरीले ३७ हजार ५० मत ल्याएकी छिन् ।

मतपरिणाम घोषणा भइसकेका १ सय ६४ निर्वाचन क्षेत्र मध्ये नेकपा एमालेले प्रतिनिधि सभामा ८० सिट जित्दै अग्रस्थानमा रहेको छ । माओवादी केन्द्र ३६ सिटमा जित्दै दोस्रो स्थानमा रहेको छ । नेपाली काङ्ग्रेसले २२ सिट जित्दै तेस्रो स्थानमा छ । यस्तै, राजपा ११ र सङ्घीय समाजवादी फोरमले १० सिटमा विजयी भएका छन् । राप्रपा, नयाँ शक्ति, नेमकिपा र राजमोले एक एक स्थानमा र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजयी भएका छन् ।

कुल १ सय ६५ सांसदका लागि १ हजार ९ सय ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

यस्तै प्रदेशसभातर्फको सबै मतपरिणाम सार्वजनिक भएको छ । जसमा जसमा एमालेले १ सय ६६, माओवादी केन्द्र ७३ र काङ्ग्रेसले ४५ स्थानमा जितेका छन् । अन्य दलको भागमा ४५ सिट परेको छ । ३ सय ३० सांसदका लागि ३ हजार २ सय ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

समानुपातिकमा पनि एमाले अगाडि

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएका स्थानमा समानुपातिकतर्फको मतगणना जारी रहेको छ । समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा बढी मत पाएको छ । आयोगका अनुसार बुधवार विहान १० बजेसम्ममा प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले १९ लाख ६ हजार ७ सय १८, नेपाली काङ्ग्रेसले १८ लाख १३ हजार ३ सय ९६ र माओवादी केन्द्रले ७ लाख ३७ हजार ७४ मत पाएको छ ।

प्रदेश सभाको समानुपातिकतर्फ एमालेको ४ लाख ३७ हजार ७ सय ५०, काङ्ग्रेसको ३ लाख ६३ हजार ६ सय ९० र माओवादी केन्द्रको १ लाख ४२ हजार ५ सय ९२ मत आएको छ ।

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्