Logo
१२ मंसिर २०८१, बुधबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रजनीकान्तको जन्मदिन : कन्डक्टरदेखि सुपरस्टारसम्मको अभिनययात्रा

साउथ इन्डियन सुपरस्टार रजनीकान्तको आज जन्मदिन परेको छ । बलिउडमा समेत राम्रो प्रभाव जमाउन सफल रजनीलाई साउथ चलचित्र प्रेमीले साउथको भगवान समेत मान्ने गरेका छन् । अभिनयमा पनि उनको भिन्न स्टाइल रहने गरेको छ । साउथ रजनीकान्तको तस्बिरलाई दुधले नुहाउने र भगवानको रुपमा पुजा गर्ने पनि धेरै छन् । रजनीकान्त भारतीय चलचित्र क्षेत्रमा मात्र नभएर विश्वका कयौ मुलुकमा समेत चिनिएका छन् ।

उनै रजनीकान्तको जन्म दिनमा उनीसँग जोडिएका केही तथ्यः

एशियाकै महँगो हिरो
रजनीकान्तले बालाचन्दर निर्देशित तमिल फिल्म ‘अपुर्वा रागंगाल’(१९७५)बाट अभिनयमा डेब्यु गरेका थिए । चलचित्रमा उनको भुमिका खलनायकको थियो ।

यो अभिनयबाट उनले राष्ट्रिय पुरस्कार समेत हात पारेका थिए । उनले हिरोको रुपमा डेब्यु गर्ने अवसर तेलुगु चलचित्र ‘छलाकाम्मा चेप्पिनडी’मा पाए । यो चलचित्र रिलिज पछि उनले पछि फर्केर हेर्नु परेछ । अभिनयको दौरानमा उनी एशियाकै महँगो हिरो समेत बने ।

महँगो चलचित्रका नायक :
रजनीकान्त छिट्टै भारतकै सबैभन्दा महंगो चलचित्रमा देखिदैछन् । २.० नाम गरिएको यो चलचित्रमा बलिउडका खेलाडी अक्षय कुमार समेतको अभिनय छ । चलचित्रको निर्माण लागत ४०० करोड बताइएको छ । २.० रोवर्ट चलचित्रको सिक्वेल हो ।

चलचित्रमा रजनीकान्त रोवटको भुमिकामा छन्, भने अक्षयकुमार भिलेनको रुपमा देखिदै छन् । रजनीकान्तको अधिकाम्स चलचित्रको निर्माण लागत १०० करोड भन्दा माथी हुने गरेका छन् । ब्यवसाय पनि १०० करोड भन्दा माथी नै भएको पाइन्छ ।

कन्डक्टरको जागिर
रजनीकान्तको जन्म १२ डिसेम्बर १९५० मा भएको थियो । आमाबुबाले उनको नाम शिवाजी राव गायकवाड राखेका थिए । चार दाजुभाइ तथा दिदी बहिनीमा रजनीकान्त सबैभन्दा कान्छा थिए । घरको खराब स्थितीका कारण उनले बेंगलुर परिवहन सेवामा सामान्य कन्डक्टर र कुलीको काम समेत गर्नु परेको थियो ।

उक्त सेवामा काम गर्ने क्रममा उनी टिकट दिने सिलसिलामा बिभिन्न स्टाइल मार्दथे । उनको स्टायलको मानिसहरु दिवाना थिए । यही दौरानमा उनी चुरोट पनि बिभिन्न स्टाइले पिउथे । यही सिलसिलामा एक चलचित्र निर्देशकको नजर उनमा पर्यो र उनलाई चलचित्र अभिनयको मौका मिल्यो ।  मुम्बई –एजेन्सी । 

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्