Logo
२३ भाद्र २०८१, आईतबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावी अभियानमा विपक्षीविरुद्ध कडा ओली अहिले निक्कै विनयी

कविता कार्की, भद्रपुर : चुनावी अभियानमा विपक्षीविरुद्ध कडा एमाले अध्यक्ष केपिशर्मा ओली अहिले निक्कै विनयी देखिएका छन् ।  मंगलवार बिहानैदेखि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानको सभामा ओली सहभागी वनेका छन् । ‘विहानैदेखि विजय र्‍याली र सभाहरुमा व्यस्त हुनुहुन्छ’, ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘आज पनि दिनभर विजय सभामै व्यस्त रहनुहुनेछ ।’

सोमबार राजधानीबाट गृह जिल्ला आएका ओलीले सोमबार नै जिल्लाका सात स्थानमा सम्वोधन गर्न भ्याएका थिए । उनले भद्रपुर, धुलावारी, विर्तामोड, सुरुंगा र गृह नगर दमकमा सम्वोधन गरेका थिए । चुनावी अभियानमा विपक्षीविरुद्ध कडा रुपमा प्रस्तुत भएका ओली अहिले निक्कै विनयी रुपमा प्रस्तुत भइरहेका छन् ।

ओली सोमवार दिनभर विजय र्‍याली र कोणसभामा व्यस्त रहे । राजधानीबाट विहान साढे ११ वजे भद्रपुर विमानस्थल ओर्लिएका ओलीले साँझ गृहनगर दमकको विजय र्‍याली र कोणसभा समापनपछि मात्रै विश्राम लिएका थिए । गौरीगञ्ज र गौरादहको विजय सभामा सम्वोधन गर्दै ओलीले वाम गठवन्धनको विजयपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् । ‘अव नयाँ सोच, नयाँ नीति र नयाँ योजनाका साथ देश विकासमा लाग्ने छौं,’ सयौं मतदातामाझ ओलीले थपे, ‘सदुपयोगको सिद्धान्त अनुसार हामी अघि वढ्ने छौं ।’

उनले जनताले चाहे अनुसारको सरकार बन्ने बताउँदै जनताका इच्छा र आकांक्षा अनुसार उक्त सरकार अघि वढ्ने दावी गरे । ओलीले मंगलबार नै झापा अर्जुनधारा स्थित सुखानी सहिद स्मृति पार्कमा झापा विद्रोहका सहिदहरुलाई माल्यार्पण गर्ने कार्यक्रम छ । ओलीका प्रेस संयोजक अधिकारीले भने, ‘सुखानी सहिदलाई माल्यार्पणपछि आजै राजधानी फर्किने कार्यक्रम छ ।’

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्