Logo
४ आश्विन २०८१, शुक्रबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराट कोहली र अनुष्का शर्माले इटाली पुगेर गरे विवाह

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटाली पुगेर विवाह गरेका छन् । उनीहरुले सोमबार बिहान एक निजी समारोहका बीच विवाह गरेका हुन् । केही दिनयता उनीहरुको विवाहबारे विभिन्न अनुमान चल्दै आएका थिए। दुवैको उमेर २९ वर्ष पुगेको छ ।

‘आज हामीले सदा एकअर्काको प्रेममा बाँधिने प्रतिज्ञा गरेका छौँ,’ अनुष्का र विराटले सामाजिक सञ्जालमा विवाहको घोषणा गर्दै लेखेका छन् । विवाह समारोहमा परिवारका निकट व्यक्तिहरु मात्र उपस्थित रहेको बताइएको छ । उनीहरुले यसै महिना मुम्बइमा एक भव्य पार्टी दिने योजना पनि बनाएको समाचारहरुमा जनाइएको छ। सो पार्टीमा क्रिकेट र फिल्मका हस्तीहरु उपस्थित हुने अपेक्षा गरिएको छ ।

विराट र अनुष्का पहिलो पटक सन् २०१३ मा एक सेम्पुको विज्ञापनमा काम गर्दा भएको थियो। त्यसपछि उनीहरुले वर्षौँ डेटिङ गरेका थिए । उनीहरुको ब्रेकअप भएको हल्ला पनि चलेको थियो। दुवैले आफूहरुको सम्बन्धबारे स्पष्ट रुपमा केही बोलेका थिएनन् ।

जे होस् मन्सुर अली खान पटौदी र शर्मिला टैगोरबाट सुरु भएको बलिउड–क्रिकेट विवाहको पछिल्लो कडी अनुष्का र विराट बनेका छन् । एजेन्सी ।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्