२६ हजार मतका साथ मात्रिका यादव विजयी
धनुषा : माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यादव २६ हजार ४१६ मतका साथ विजयी भएका हुन् । यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका दीपक कार्कीलाई ९ हजार १२३ मतका साथ पराजित गरेका छन् । कार्कीले १७ हजार २८४ मत प्राप्त गरे।