Logo
११ मंसिर २०८१, मंगलबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिसँग म्यानमारका सेना प्रमुख ल्याङ्गको भेट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका म्यानमारका सेना प्रमुख मिन आङ ल्याङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटमा नेपाल र म्यानमारबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सेना र म्यानमार सेनाबीच सहयोग र सम्बन्धका विषयमा समेत सो भेटमा छलफल भएको थियो। उक्त अवसरमा नेपालका लागि म्यानमारका राजदूत, म्यानमार सेनाका पदाधिकारीहरु र राष्ट्रपति कार्यालयका उच्च्पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

यसैबीच म्यानमारका सेना प्रमुख ल्याङ्गसहितको टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासंग उनकै सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ । सो भेटमा पनि आपसी हित, द्विपक्षीय सहयोग र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्