Logo
११ मंसिर २०८१, मंगलबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुन: मतदान गर्नुपर्ने मागपछि सुनसरी ३ मा मतगणना स्थगित

इनरुवा : सर्वाधिक चासोको विषय बनेको सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला समन्वय समितिको हलमा गणना भइरहेको बेला नौ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो ।

८५ हजार १ सय ९७ मत खसेकोमा पछिल्लो मत परिणाम अनुसार चौधरीको २९ हजार ३ सय २६ र गच्छदार २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।

१ सय ५५ मतको झिनो मतको अन्तरले विजय गच्छदारभन्दा अगाडि रहेकी बाम गठबन्धन एमालेकी उम्मेदवार भगवती चौधरीले कांग्रेसको पक्षमा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि पुन: मतदान गर्नुपर्ने माग राख्नु भएको छ ।

विवाद समाधान गर्न अहिले बामगठबन्धन र कांग्रेस वीच आन्तरिक वैठक बसिरहेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार केही प्राविधिक समस्या देखिएको र केही समय पछि मतगणना सुचारु हुने जनाएको छ । विवादपछि मतगणना स्थलमा सुरक्षा व्यबस्था झन कडा पारिएको छ ।

 

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्