खोटाङमा जन्मेका पोखरेलको महोत्तरीबाट ‘हयाट्रिक’
महोत्तरी : तेस्रोपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर विना विभागिी मन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ‘ह्याट्रिक’ गरेका छन् । महोत्तरीको निर्वाचन इतिहासमा लगातार निर्वाचित हुने पोखरेल पहिलो बनेका छन् ।
माओवादी शान्ति प्रक्रियामा आएलगत्तै उनी महोत्तरीको राजनीतक वृत्तमा उदाएका हुन् । त्यसयता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट विजय हासिल गरेका थिए । पुर्नसंरचनापछि पनि सोही क्षेत्रबाट चुनाव लडे । योपटक प्रतिनिधिसभा सदस्यतर्फ रोचक प्रतिस्पर्धाबीच प्रतिद्वन्द्विलाई पछाडि पार्दै इतिहास रचेका हुन् ।
खोटाङमा जन्मेर विराटनगरमा लामो कालखण्ड गुजारेका उनले दशकदेखि महोत्तरीसँग साइनो गाँसेका हुन् । त्यसयता उनी ३ पटक स्वास्थ्य र एकपटक शिक्षा मन्त्री बने । पहिलोपटक स्वास्थ्य मन्त्री हुदा जलेश्वर असपतालको शिलन्यासबाट उनको विकाश यात्रा सुरु भएको थियो । यात्राका क्रममा ग्रामिण भेगमा ५ स्वास्थयकेन्द्र थपिए ।
अघिल्ला २ निर्वाचनमा पोखरेलका निकटतम प्रतिद्वन्द्वी एमाले र कांग्रेसका उम्मेदवार थिए । यो पटक भने एमालेसँगै गठबन्धन गरेर संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई पराजित गरे । यो क्षेत्रमा जिल्लामै सबैभन्दा बढी ५७ हजार ७ सय ३२ मत खसेकोमा पोखरेलले २३ हजार ७ सय ७६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी महतोले १९ हजार ४ सय ९२ मत ल्याए । पोखरेल र महतोको मतान्तर ४ हजार २ सय ८४ छ ।
जिल्लालाई शैक्षिक केन्द्रतर्फ अगि बढाउँदै कृषि र मेडिकल कलेज स्विकृत गराए । बर्दिवासमा सेवा केन्द्र र मालपोत सेवा, गौरीवासका अव्यवस्थित जग्गालाई धनीपूर्जा दिलाउन सुरु गरेको प्रक्रियाजस्ता जनहितका कार्यले उनलाई जनतामाझ ‘विकाश प्रेमी’ को पहिचान दियो ।
‘त्यही ‘पहिचान’ का कारण उहाँ हरेक निर्वाचनमा मतदाताको रोजाईमा पर्दै आउनु भएको हो,’ उनको निर्वाचन क्षेत्रका ललित साहले धारणा राखे । विजयी बनेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले आफना एजेण्डा र जनचाहना पुरा गर्न जनप्रतिनिधिको हैसियतले सहजिकरण गर्दै जाने बताए । संविधानको मस्यौदाकारसमेत रहेका उनले आफनो दल संविधानका ४२ बुँदामा अस्विकृति जनाएको स्मरण गराए ।
‘संविधान संशोधनको कुरामा हामी सकारात्मक छौ,’ उनले भने । विकाश सूचकांकमा कर्णालीभन्दा पछि परेको महोत्तरीलाई समुन्नत जिल्ला बनाउन सवैले मिलेर अघि बढ्नु पर्ने धारणा राखे । आफ्नो निर्वाचन क्षेत्र नं १ मा रहेको १७ वटा खोल्साको व्यवस्थानबाट जिल्लालाई नै समृद्धितर्फ डोर्उन सकिने उनको सोच छ । त्यसतै गौशाला र हरिनमरिनमा कृर्षिमा आधारित उधोग स्थापना र वर्दिवासलाई शैक्षिक हवकोरुपमा अगि बढाउने सम्भावना रहको जनाए ।