कांग्रेसका महतोलाई हराउदै रामेश्वरराय यादव बने सांसद
सर्लाही : सर्लाही ३ मा माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुनुभएको छ । उहाँले २२ हजार ३ सय ६७ मत सहित जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका हरेशप्रसाद महतोले १४ हजार ९ सय २९ मत पाउनुभयो । यस्तै तेस्रो स्थानमा भने स्वतन्त्र उम्मेदवार रहे ।
स्वतन्त्र उम्मेदवार नरेन्द्र साह कलवारले १२ हजार ८६ मत ल्याउनुभयो । नेपालको राजनीतिक परिवर्तनसँगै यादव सरकारी जागिर छाडेर उहाँ २०४१ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो । उहाँ २०५२ मा कानुन मन्त्री र पछि समाजकल्याण र वनमन्त्री बनिसक्नु भएको छ । २०६४ को मधेश अन्दोलनसँगै उहाँ मधेसी जनअधिकार फोरममा आइपुग्नु भयो ।
उहाँ २०७० सालमा समानुपातिकतर्फबाट सभाषद बन्नुभएको थियो । फोरम भित्रको विवादसँगै नेता राय विजय कुमार गच्छदारको लोकतान्त्रिक फोरममा पुग्नुभयो । उहाँले लोकतान्त्रिक फोरममा पार्टीको वरिष्ठ उपाध्यक्ष पद पाउनुभयो ।
वरिष्ठ उपाध्यक्ष रहेका राय गत स्थानीय तह निर्वाचनताका माओवादी केन्द्रमा प्रवेश गरेपछि उहाँको राजनीति एकाएक फेरियो र उहाँले नवप्रवेशी नेताकै हैसियतमा सर्लाहीको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट पाउनुभयो । राजपा नवप्रवेशी नेताले टिकट पाएपछि पूराना नेता कार्यकर्ताहरुमा केही निराशा छाएको छ ।