Logo
११ मंसिर २०८१, मंगलबार
(December 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काङ्ग्रेसलाई पराजित गरि बुटवलमा ह्याट्रिक गर्दै विष्णु पौडेल

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपमहासचिव विष्णु पौडेलले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। यो समाचार तयार पार्दासम्म पौडेलले ३१ हजार १ सय १३ मत प्राप्त गरेका छन्।

कांग्रेस उमेद्वार युवराज गिरिले १३ हजार ८ सय ६८ मत ल्याएका छन्। विजयी तर्फ उन्मुख हुँदै गरेका एमाले उपमहासचिव विष्णु पौडेलको यस पटकको जितले बुटवलमा ह्याट्रिक हुने छ।

 

२०५६ सालको आम निर्वाचन यता पौडेल बुटवल र आसपासको क्षेत्र समेटिएको निर्वाचन क्षेत्रबाट लगातार उम्मेदवार बन्दै आएका छन्।

पहिलो पटक बुटवलबाट ०५६ सालमा तत्कालीन रुपन्देही ३ मा चुनाव लड्दा पौडेल कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए।

२०६४ सालमा संविधान सभाको चुनाब जिते यता उनी लगातार बुटवलमा हाबी हुँदै आएका छन्। पहिलो संविधान सभामा कांग्रेसलाई तेस्रो स्थानमा छोडेर पौडेल माओवादीका उम्मेदवारसँग थोरै मतान्तरले विजयी भएका थिए।

२०७० सालको संविधान सभाको चुनाबमा एमालेका उम्मेदवार विष्णु पौडेलसँग भिड्न माओवादीका बाबुराम भटराई गोरखाबाट आएका थिए।

पूर्व प्रधानमन्त्रीको रुपमा भटराई गोरखासँगै बुटवलबाट पनि उम्मेदवार बने। तर बाबुराम भट्राईलाई कांग्रेस उम्मेदवार सूर्यप्रसाद प्रधानले पनि पछाडी पारे।

अनि सूर्य प्रसादलाई ६ हजारको अन्तरले पराजित गर्दै विष्णु पौडेल तत्कालीन रुपन्देही क्षेत्र नम्बर ४ बाट दोस्रो पटक विजयी भए। ०७० सालमा पौडेलले १९ हजार ५ सय ७७ मत ल्याउँदा, सुर्यप्रसाद प्रधानको १३ हजार ६ सय ३२ र भटराइले ११ हजार ९ सय ३४ मत ल्याएका थिए।

वाम गठबन्धन बनेपछि अहिले पौडेलको मतान्तर निकै फराकिलो बनेको छ। एमालेले बुटवललाई आफ्नो प्रतिष्ठा ठान्ने गरेको छ।

गत स्थानिय चुनाबमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरी एमालेले बुटवल उपमहानगरपालिकामा अधिकांस वडा सहित मेयर उपमेयरमा विजयी भएको थियो।

प्रकाशित मिति: Dec 9, 2017

प्रतिक्रिया दिनुहोस्