Logo
११ मंसिर २०८१, मंगलबार
(December 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतो निवास अगाडि बम विस्फोट गराउने कांग्रेसी कार्यकर्ता गिरफ्तार

जनकपुरधाम : राजपाका नेता तथा धनुषा क्षेत्र न ३ प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो निवास नजिकै गत मंसिर ९ गते रंगभूमि मैदान बाह्र बिघा छेउमा प्रेसरकुकर बम विस्फोट गराएको घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाका क्राइम ब्रान्चका टोलीले पक्राउ गर्न सफल भएका छन् ।

घटनामा संलग्न नेपाली कांग्रेसका सक्रिय सदस्य जिल्ला धनुषा धनुषाधाम नपा वडा न ५ बस्ने ३४ वर्षको रहमत राइनलाई प्रहरीले पक्राउ गर्न सफल भएका हुन् । पक्राउ परेका राईनलाई धनुषा जिल्ला अदालतबाट बम बिस्फोट गराएको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 7, 2017

प्रतिक्रिया दिनुहोस्