मनी अवधिमा बदलिंयो मौन अवधि : प्रहरीकै स्कर्टिंगमा पैसा बाँड्दै निधि
जनकपुर : केहि घण्टा मात्र मतदानको बाँकि रहदा र निर्वाचन प्रक्रिया अन्तरगत जारी रहेको मौन अवधि उम्मेद्वार र मतदाताका लागि ‘मनि’ अवधिमा बदलिएको छ । गाँउ-गाँउ टोल टोलमा पार्फ्टीका नेता कार्यकर्ता र उम्मेद्वारका आसे पासेहरु पैसा बोकेर मतदाता खरिद बिक्रिमा जुटेका छन् ।
धनुषा-३ बाट प्रतिष्ठाको लडाई गर्दै नेपालि कांग्रेसका उम्मेद्वार बिमलेन्द्र निधिले ‘एनी हाऊ निधि जिताउ’ मा लाग्दै आफ्नो क्षेत्रमा पैसा बाँड्न शुरु गरेका छन् । प्राप्त जानकारी अनुसार मंगलवार राति प्रहरीको स्कर्टिंगमा ३५ वटा गाडी लिएर निधि आफै धनौजी गाँउ लागेका थिए ।
रातभरि धनौजी गाँउपालिकाको एक एक परिवारमा आफ्नो मान्छे पठाएर प्रति परिवार १०-१० हजार रुपैयाँ दिएको खुलासा भएको छ । धनौजी एमालेका नेता राजकुमार यादवले यस कुराको पुष्टि गर्दै भने कांग्रेस कति सम्म अतालिएको छ कि एमालेको नेता भएको कुरा थाहा हुँदा हुँदै पनि मेरो पनि घरमा आउने हिम्मत गरेका छन् ।
यस्तै फोरम नेपालका स्थानीय नेता प्रमोद कुमार साहुले आफुले पैसा फिर्ता गरेको दाबि गरेका छन्. साहुले आफ्नो र आफ्नो छर छिमेकीहरुले नेपालि कांग्रेसको पैसा नलिने र आफुहरुले मधेशी दललाई मात्र भोट हाल्ने बताए ।