निर्वाचनपछि यस्तो बन्ने छ केन्द्रीय र प्रादेशिक सरकार
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम चरणको निर्वाचनको प्रचारप्रसार सकिएको छ । मंसिर २१ गते बिहानैदेखि मतदाताले दोस्रो चरणअन्तर्गत आफ्ना प्रतिनिधि चुन्न मत दिन थाल्नेछन् ।
जनप्रतिनिधि चुनिएसंगै संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया पनि अगाडी बढ्ने छ । चुनावी परिणाम र नयाँ सरकार अहिले सबैको चासोका विषय बनेको छ ।
संङ्घीय संरचनामा पहिलो पटक हुन लागेको निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार गठन तथा कार्य सञ्चालन कसरी अगाडी बढ्छ भन्ने चासोसंगै अनभिज्ञता पनि छ ।
संवैधानिक प्रावधानअनुसार अव संसद् सदस्य नभएका ब्यक्ति प्रधानमन्त्री बन्न पाउने छैनन् । नयाँ सरकार गठनका लागि निर्वाचन मतपरिणाम आईसक्नु पहिलो सर्त हुनेछ, यो खबर आजको गोरखापत्रले लेखेको छ ।