Logo
११ मंसिर २०८१, मंगलबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन सुरक्षामा नेपाली सेना परिचालन

इटहरी । नेपाली  कांग्रेसकाे काेण सभालार्इ लक्षित गर्दै बिहीबार अज्ञात समुहले बम बिस्फाेट गराएपछि सुनसरीमा शुरक्षा सतकर्ता अपनाउदै सुनसरी प्रसाशनले  जिल्लामा नेपाली सेनाकाे टाेली परिचालन गरेकाे छ । नजिकिएकाे दाेश्राे चरणकाे प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनलाृइ भयरहित बतावरणमा सम्पन्न गराउन जिल्लामा थप शुरक्षा ब्यवस्थाका लागि सेना परिचालन गरीउकाे हाे ।

जिल्लाकाे मुख्य सहरहरू  धरान, इटहरी,इनरूवा , हरीनगरा , कप्तानगञ्ज ,देवानगञ्ज ,बर्जु लगायतका स्थानहरूमा नेपाली सेनाकाे अस्थाइ गुल्मकाे स्थापना गरीएकाे जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएकाे छ । बिशेष गरी सुनसरीसंग सिमा जाेडिएका क्षेत्रहरूमा सेनाकाे छुट्टै टाेली परिचालन गरी निगरानी बढाउनुका साथै नियमित गस्ति बढाएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी गाेपाल प्रशाद पराजुलीले बताए ।

निर्वाचनकाे मिति नजिकिदै गर्दा जिल्लामा शुरक्षा संवेदनसिललार्इ नजिकबाट नियालेकाे बताउदै अाएकाे जिल्ला प्रसाशन कार्यालय सुनसरीले नाम चलेकै सहरमा बम अातंक मच्चीएपछि सर्तकता अपनाउदै सेना परिचालन गरीएकाे जिल्ला प्रसाशनकाे कार्यालय सुनसरीले जनाएकाे छ । हाल सेनाकाे टाेलीले जिल्लाकाे शुरक्षास्थितीलार्इ मध्यनजर गर्दै इटहरी , दुहबी ,खनार , धरान , इनरूवा  बर्जु लगायतका स्थानहरूमा गस्ति सुरू गरेका हुन् ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्