Logo
११ पुस २०८१, बिहीबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय शेयर बजार २३ खर्ब डलर नजिक

नयाँ दिल्ली (भारत) । भारतीय शेयर बजार विश्वको आठौं ठूलो शेयर बजार बनेको छ । करीब एक दशकमा क्यानडालाई उछिनेर भारतको शेयर बजार पहिलो पटक विश्वका दश ठूला शेयर बजारभित्र प्रवेश गरेको हो ।

अहिले भारतको शेयर बजारको आकार २२ खर्ब ९० अर्ब डलर रहेको छ । उता, क्यानडाको बजारको आकार भने २२ खर्ब ८० अर्ब डलर छ । विश्वव्यापी वित्तीय सङ्कट ताका सन् २००८ को जनवरी २१ मा एसएण्डपी बीएसई सेन्सेक्स ओरालो लागेको थियो । त्यसयता, विदेशी संस्थागत लगानीकर्ता भारतीय बजार छिर्ने क्रमसँगै शेयर बजारको आकार ८ खर्ब डलर बढिसकेको छ । यस अवधिमा रोजगारी सुनिश्चित गर्ने योजना, अप्रत्यक्ष कर प्रणाली र विभिन्न क्षेत्रमा विदेशी लगानी खुलाउने सरकारी नीतिका कारण पनि विदेशी लगानीकर्ता भारतीय बजारतर्फ आकर्षित बनेका थिए ।

उता, अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्बले आर्थिक प्रोत्साहनका कार्यक्रम ल्याएसँगै अहिलेसम्मै क्यानडेली शेयर बजार उकालो लागिरहेको छ । तर भारतमा भएको नीतिगत परिवर्तनका कारण यसवर्ष सेन्सेक्स ६ गुणा बढेर एसएण्डपी÷टीएसएक्स कम्पोजिट इण्डेक्सकै स्तरमा पुग्यो । ब्लूम्बर्गको तथ्याङ्कअनुसार अमेरिका विश्वको सबैभन्दा ठूलो शेयर बजार हो । दोस्रा ठूलो बजारका रूपमा चीन रहेको छ । जापान, हङकङ, बेलायत, फ्रान्स र जर्मनी क्रमशः तेस्रोदेखि सातौं ठूला शेयर बजारका रूपमा रहेका छन् ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्