त्रिशुलीमा बगिरहेका २ महिनाको बच्चासहित २७ जनाको उद्दार
काठमाडौं : त्रिशुलीमा बिहान खसेको बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरिएको छ ।
विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारस्थित शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठले दिएको जानकारी उनुसार २ महिने बच्चासहित अहिलेसम्म २७ जनाको उद्धार गरिएको छ । तीमध्ये अधिकांशको कुरिनटारको पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
कुरिनटारको सिद्धार्थ होटलनेर निकालिएपछि ती पाँच जना मृतकको शव नेपाल प्रहरीलाई जिम्मा लगाइने श्रेष्ठले बताए । श्रेष्ठले कुरिनटारमा उपचार भइरहेका गम्भिर घाइतेलाई लिन हेलिकोप्टर आउन लागेको बताए।
घटनास्थलमा कुरिनटारबाट शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठ र चितवन जिल्ला प्रहरी कार्यालयबाट डिएसपी शिव आचार्यको नेतृत्वमा उद्दार टोली खटिएका छन् ।
काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नं को बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खसेको थियो ।बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु र १५ घाइते भएको जनाइएको थियो ।