Logo
३ आश्विन २०८१, बिहीबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण अफ्रिकाकी नेल पिटर्सलाई मिस युनिभर्सको ताज 

मिस युनिभर्स २०१७ को ताज दक्षिण अफ्रिकाकी डेमी ली नेल पिटर्सले पहिरिएकी छन् । २२ मिस साउथ अफ्रिका निेल पिटर्सले कोलम्बिया र जमाइकाका प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।

उनले बिजनेस म्यानेजमेन्ट विषयमा स्नातक गरेकी छन् ।

उनले आफ्नी अपांगता भएकी सौतेनी बहिनी आफ्नो प्रेरणाको स्रोत भएको बताएकी थिइन् ।

गत वर्षकी मिस युनिभर्स फ्रान्सकी आइरिस मिटेनराले उनलाई ताज पहिर्‍याएकी थिइन् ।

फर्स्ट रनर अप मिस कोलम्बिया लाउरा गोञ्जालेज बनेकी छन् ।

त्यसैगरी सेकेन्ड रनरअप मिस जमाइका देविना बेनेट बनिन् ।

६६ औँ मिस युनिभर्समा विश्वभरका झन्डै एक सय सुन्दरीहरुले भाग लिएका थिए ।

यस पटकको मिस युनिभर्समा नेपालबाट पहिलो पटक नग्मा श्रेष्ठ सहभागी भएकी थिइन् ।

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्