Logo
६ कार्तिक २०८१, मंगलबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता निधि अस्पतालबाट डिस्चार्ज, बुधबार धनुषा जाने

नागरिक टाइम्स, काठमाण्डौ : नेपाली कांग्रेसका नेता तथा धनुषा जिल्लाको क्षेत्र नं.३ वाट प्रतिनिधिसभा उम्मेदवार बिमलेन्द्र निधि सोमवार अस्पतालबाट डिस्चार्ज भएका छन् । धपडी र निमुनियाको संक्रमणपछि अस्वस्थ्य भई उनी अस्पताल भर्ना भएका थिए । उनी सोमबार अस्पतालबाट काठमाण्डौं स्थित घर र बुधबार धनुषा जाने कार्यक्रम रहेको जानकारी उनका सहयोगीहरुले दिए ।

उपचारार्थ काठमाडौ स्थित ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधिले पहिलो चरण अन्तरगतको निर्वाचनमा देखिएको जनसहभागिताले आफु उत्साहित भएको बताएका छन् । ‘लोकतन्त्रको अभ्यास अब सबै तहमा हुने छ’ हसिलो मुद्रा र बलियो आत्मबिश्वास सहित उनले भने, ‘लोकतन्त्रमाथी कसैले धावा बोलेमा जनता आफै जाग्ने छन् भन्ने बिश्वास यो निर्वाचनले बढाइदिएको छ ।’

अस्पतालको शैयाबाट निर्वाचनका बारेमा जानकारी लिइरहेका उनले ‘अब नेपालको लोकतान्त्रिकिकरणको प्रक्रियामा नेपाली जनता सधै सहभागि हुने बिश्वास बढेको’ प्रतिक्रिया पनि दिए । पहिलो चरण अन्तरगत ३२ जिल्लाबाट प्रतिनिधिसभाका लागि ३७ जना र प्रदेशसभाका लागि ७४ जना सांसद चुनिने छन् ।

मतदाताप्रति धन्यवाद व्यक्त गर्दै नेता नीधिले पहिलो चरणको निर्वाचनमा देखिएको मतदाताको सहभागिताले दोस्रो चरणको निर्वाचनलाई सम्पन्न गराउने सबै पक्षमा उत्साह थपिने बिश्वास पनि व्यक्त गरे । संबिधानसभाबाट बनेको संघीयता सहितको संबिधानको कार्यान्वयनको ढोका अब खुला भएको र नेपाल अब संबृद्धिको मार्गमा अगाडि बढ्ने निश्चित भएको उनको तर्क थियो । ‘शान्तिप्रक्रिया अब यो चुनावको परिणामसंग टुङ्गिने छ’ नेता नीधिले भने, ‘दोस्रो चरणमा पनि मतदाताले यस्तै उत्साहका साथ शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न भूमिका खेल्ने मेरा बिश्वास छ ।’ नीधिले शान्तिप्रक्रियाको महाअभियानको नेतृत्वकर्ता कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाप्रति उच्चसम्मान गर्दै यो अभियानमा जोडिएका सबैल प्रति आभार पनि व्यक्त गरे ।

‘लोकतन्त्रको अभ्यास अब सबै तहमा हुने छ’ हसिलो मुद्रा र बलियो आत्मबिश्वास सहित उनले भने, ‘लोकतन्त्रमाथी कसैले धावा बोलेमा जनता आफै जाग्ने छन् भन्ने बिश्वास यो निर्वाचनले बढाइदिएको छ ।’ उनले अब लोकतान्त्रिक प्रक्रियामार्फत मुलुकको समृद्धिको नेतृत्व गर्ने अभिभारा कांग्रेसले बोक्ने पनि प्रष्ट पारे । चुनाव रोक्ने प्रपञ्चमा सरकार छ भन्ने आरोप अब सत्य होइन रहेछ भन्ने प्रमाणित भएको बताउदै कांग्रेस नेता नीधिले ‘चुनौतिले भरिएको निर्वाचन सम्पन्न गराएर कांग्रेस नेतृत्वको सरकारले आफ्नो क्षमता देखाएको’ बताए ।

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्