Logo
१७ कार्तिक २०८१, शनिबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावपछि हल्लाउन नसक्ने सरकार बन्नेछ : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बलियो सरकार बन्ने बताउँदै त्यसले विकासको लहर नै ल्याउने दाबी गरेका छन् । ओलीले कांग्रेसले बनाएको चुनावी गठबन्धन लोकतान्त्रिक नभएको आरोप लगाए ।

‘त्यो दक्षिणपन्थी गठबन्धन हो,’ उनले भने, ‘वास्तविक लोकतान्त्रिक गठबन्धन हाम्रो हो, प्रगतिशील गठबन्धन हो । लोकतान्त्रिक हुन्थ्यो भने एमाले र माओवादी केन्द्र मिल्दा किन डराउनुपर्थ्यो ।’ काठमाण्डौ स्थित नयाँबस्ती-जोरपाटी स्थित दिब्या पार्टी प्यालेसमा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले बहुमतमात्रै होइन, भिजन भएको बलियो सरकार बन्ने बताए ।

‘ढाल्ने होइन, हल्लाउन नसक्ने सरकार बन्छ,’ उनले भने, ‘मिलिजुली बाँडीचुँडी खान होइन, देश बनाउन एक भएका हौं ।’ चुनावपछि अधिनायकवाद होइन, देशद्रोही र भ्रष्टचारीका दिन नआउने ओलीको भनाइ थियो ।

ओलीले दलाई लामाले ‘गौतम बुद्ध भारतमा जन्मेको’ भनेर बोल्नै नहुने कुरा बोलेको बताए । ‘नेपालीले लगाएको गुन बिर्सेर, नेपालको राष्ट्रियतामा धक्का दिनुभयो,’ उनले भने, ‘यसमा अन्तर्राष्ट्रिय षड्यन्त्र लुकेको छ, कोचले सिकाएर उनले त्यस्तो बोलेका हुन् ।’ दलाई लामाले यस गल्तीलाई सच्याउने उनको अपेक्षा गरे ।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्