लाजिम्पाटस्थित माओवादी अध्यक्ष ‘प्रचण्ड’ निवासमा ताला लग्यो
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा ताला लगाइएको छ । प्रचण्ड परिवारका छोरा प्रकाशको निधनपछि शोकाकूल श्रीमति पत्नी सीतासहित प्रचण्ड चितवन र दुबै बुहारीहरु आ–आफ्नो जिल्लातर्फ लागेपछि घरमा ताला लागेको हो
प्रचण्ड पत्नी सीता र परिवारका अन्य सदस्य सहित शुक्रबार नै चितवनतर्फ लागेका थिए । उनका साथमा छोरी रेणु र गंगासहित परिवारका अन्य सदस्य पनि थिए । यसैगरी प्रकाशका जेठी श्रीमतितर्फका छोरा प्रसिद्धपनि उनीसँगै चितवन गएका छन् । बुहारी सिर्जना चाहिँ पोखरातर्फ लागेकि छन् भने शनिबार दिउँसोमात्र प्रकाशकी कान्छी पत्नी बीना कञ्चनपुरतर्फ लागेकि छन् ।
प्रचण्ड सहित परिवारका अन्य सदस्यहरु लाखापाखा लागेपछि झण्डै रित्तिन पुगेको लाजिम्पाट निवासमा प्रकाशकी कान्छी पत्नी बीना मगर छोरा प्रणब र सहयोगी रीताका साथमा रहेकी थिइन् । तर कञ्चनपुर–१ मा वामगठबन्धनको तर्फबाट उम्मेदवार रहेकी बीना पनि शनिबार २ बजे काठमाडौं–धनगढीको उडानबाट कञ्चनपुरतर्फ लागेपछि निवासमा ताला लगाइएको हो ।
झण्डै ७ वर्षदेखि बस्दै आएको निवासमा यसरी ताला लागेको यो पहिलो पटक हो । यसअघि प्रचण्ड काठमाडौंमा नभएपनि परिवारका कुनै न कुनै सदस्य निवासमा रहने गरेका थिए, जसले गर्दा अहिले जसरी ताला लगाउनु परेको थिएन ।